Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संघीय संसदका दुई समितिको बैठक बस्दै


    बिहिबार, बैशाख २५ २०८२
    855
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। संघीय संसद अन्तर्गत दुई समितिको बैठक बस्दैँछ । दुवै समितिको बैठक संघीय संसद सचिवालय सिंहदरबारमा बस्नेछन् ।

    जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजे बोलाइएको छ । जुन बैठकमा पुरानै अजेन्डा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।

    उता, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने राष्ट्रिय गौरवका आयोजनाहरु (गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, उत्तर दक्षिण (कोशी कोरिडोर) लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम) को स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदा माथि छलफल गरिने छ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार