काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाले प्रयोग गर्ने भाषाप्रति असन्तुष्टि जनाएका छन्। गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजतन्त्र फालेपछि जनताको छोराछोरी किन मान्ने ? भन्ने मिडियाले भाषाको कद घटाएको बताए।
१०४ वर्षको उथलपुथल, राजा र राणाको पारिवारिक द्वन्द्व स्वार्थलाई देखेको गोरखापत्रले आजको परिवर्तनलाई अंगिकार गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘अहिले पनि हाम्रो भाषिक आन्दोलनलाई बचाउने कुरामा गोरखापत्र अगाडि छ। मैले राम्रोसँग याद गरेको छैन, राष्ट्रपतिले भन्नुभयो भन्छ कि भने भन्छ। नातिसँग कुरा गरेर राष्ट्रपतिले उद्घाटन गरे, यो नेपाली भाषा होइन। राजा हुँदा हेर्दैनथे राजा नजर गर्थे, हाम्रै पत्रपत्रिकामा हेर्नुपर्छ, राजा हुँदा हिँड्दैनथे, सवारी हुन्थ्यो। खाँदैनथे ज्यूनार हुन्थ्यो। बस्दैथे, आराम गर्थे। सुन्दैनथे श्रमण हुन्थ्यो। राजतन्त्र फाल्यौँ भनेपछि जनताको छोराछोरी किन मान्ने ? यिनलाई सम्मान किन गर्ने ? यु, यु भनेपछि हजुरबुबा पनि भयो नाति पनि भयो। त्यो पो नक्कल गर्नुपर्छ हाम्रोमा भनेर। जो भाषामा गरिब छ त्यसले हाम्रो भाषामा उँचाइ छुन सकेन भनेर हामीले कद घटाउने ?’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend