Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले कमिसन मागेको विषयमा छानबिनका लागि सभामुखबाट रुलिङ होस्: सांसद सापकोटा


    बुधबार, बैशाख २४ २०८२
    930
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जलविद्युत आयोजनाहरुसँग धितोपत्र बोर्डले कमिसन मागिरहेको भन्दै ध्यानाकर्षण गराएका छन्।

    बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साना आयोजनासँग ५ र ठूलासँग ७ प्रतिशत कमिसन मागिरहेको ऊर्जा उत्पादक संघ (इप्पान)कै पदाधिकारीले बताइरहेको उनले उल्लेख गरे।

    उनले यो घटनाप्रति दलको तर्फबाट ध्यानाकर्षण गराउँदै यसको छानबिनका लागि सरकारका नाममा छानबिन गर्न समेत माग गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार