काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा गरेको प्रतिनिधिसभा बिघटनमा कांग्रेस सभापति शेरबहादुर देउवाको भूमिकाको उनकै पार्टीभित्र बिरोध भइरहेको छ ।
बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायतका नेताहरुले प्रधानमन्त्री ओलीले चुनाव गराउनेगरी प्रतिनिधिसभा बिघटन नगरेकाले नेकपा प्रचण्ड–माधव नेपाल समूह लगायतका पार्टीसँग मिलेर संयुक्त आन्दोलनमा जानुपर्ने धारणा राख्दैआएका छन् । तर देउवा भने चुनाव भएमा नेकपा विभाजनको फाइदा कांग्रेसले लिनसक्ने भएकाले संसद पुनस्र्थापनाको एजेन्डामा जान तयार भएका छैनन् । सहर केन्द्रित आन्दोलन गर्नुपर्नेमा उनी गाउँ र वडा केन्द्रित आन्दोलनतिर लागेकाले पनि देउवा–ओली साँठगाँठलाई पुष्टि गर्दैलगेको छ ।
यसैबीच, नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघले ओलीले गरेको प्रतिनिधिसभा बिघटनका बारेमा बहस गर्दैआएको छ । बहसमा बरिष्ठ अधिवक्ता हरिहर दाहालले त ओलीले अब प्रदेश सभा पनि बिघटन गर्ने र प्रतिनिधिसभा होइन, हिन्दू धर्मको बारेमा पनि जनमत संग्रह गर्ने भित्री तयारी गरेको खुलासा गरेका छन् । प्राध्यापक संघले सुरु गरेको बहसमा कांग्रेस सभापति देउवाले आफूमाथि विगतमा ओलीले गरेको अपमान समेत भुलेको बिषयमा चर्चा हुने गरेको छ । ओलीले प्रधानमन्त्री हुँदाका दिनदेखि देउवामाथि गरेका अपमानका मुख्य बुँदा नै उल्लेख गरी प्राध्यापकहरुले उनलाई जिज्ञासा राखेका छन् । र, देउवासँग जवाफ मागेका छन् ।
१. ओलीको संसद विघटन सिफारिस वैधानिक कि अवैधानिक ?
२.अवैधानिक सिफारिस हो भने त्यही सिफारिसको निर्वाचन कसरी वैधानिक ?
३. के ओलीले वैसाखमा चुनाव गराउँछन् ? देउवाजीलाई बैसाखमै चुनाव हुन्छ भन्ने विश्वास छ कि भ्रम ?
४.अबको चुनावबाट के ओली प्रधानमन्त्री बन्ने सम्भावना बाँकी छ र ? छैन भने बैसाखसम्म मात्र प्रधानमन्त्री बन्न ओलीले संसद विघटन गरेका होलान् ?
५. जिम्मेवार पार्टीको नेताले समयलाई समयमै बुझुन ।
६. २०५९ मा अदालतले संसदलाई न्याय गरेन, जनताले संसदलाई ब्युँताईमात्र दिएनन, संसदलाई न्याय दिन नसक्ने तत्कालीन व्यवस्था र न्यायालयकै संरचना पनि जनताले बदली दिए ।