Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • भारतद्वारा पाकिस्तानमाथि आक्रमण, ९ जना मारिए


    बुधबार, बैशाख २४ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • एजेन्सी । भारतले मंगलबार राति पाकिस्तानमाथि आक्रमण गरेको छ ।

    ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका ९ स्थानमा मिसाइल आक्रमण गरेको हो ।

    बुधबार राति करिब १ः३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा भारतले आक्रमण गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार आक्रमणमा ९ जनाको मृत्यु भएको र ३५ जना घाइते भएको जनाएको छ ।

    भारतीय सेनाले पाकिस्तानको सैन्य क्षेत्रमा भने आक्रमण नगरेको जनाएको छ । भारतले यसलाई कश्मीरको पलगाममा २२ अप्रिलमा भएको आक्रमणको जवाफी कारबाही भनेको छ । जहाँ एक नेपालीसहित २६ पर्यटक मारिएका थिए ।

    भारतले आतंकवादी रहेको मानिएका ९ ठाउँमा आक्रमण गरेको जनाएको छ । पाकिस्तानले पनि जवाफी आक्रमण गर्ने चेतावनी दिएको छ ।

    दुईवटा भारतीय लडाकु विमान र एउटा ड्रोन खसाल्यौँ, पाकिस्तान 

    पाकिस्तानले दुईवटा भारतीय लडाकु विमान र एउटा ड्रोन खसालेको दाबी गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ता अहमद सरीफले दुईवटा भारतीय लडाकु विमान र एउटा ड्रोन खसालेको दाबी गरेका हुन् ।

    शरीफले पाकिस्तानी सेना जमिनमै परिचालित रहेको पनि जानकारी दिए ।

    उनले पाकिस्तानले आत्मरक्षाको अधिकार राख्ने भन्दै हालै त्यसअनुसारको कदम चालिएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार