Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाल यौन दुर्व्यवहार प्रकरणमा बेबिलोन स्कूल विवादमा, सञ्चालक पक्राउ


    मंगलबार, बैशाख २३ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । बाल यौन दुर्व्यवहारको आरोपमा बेबिलोन स्कूलका सञ्चालक पक्राउ परेपछि उक्त घटनाले गम्भीर मोड लिएको छ।

    घटनामा प्रहरी अनुसन्धान जारी रहेको बेला पीडित पक्षले विद्यालय प्रशासनमाथि पीडकलाई जोगाउने प्रयास गरेको गम्भीर आरोप लगाएका छन्। प्रहरी स्रोतका अनुसार, सञ्चालकले विगत केही वर्षदेखि छात्राहरूमाथि यौन दुर्व्यवहार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

    मोरङ स्थायी घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा–९ मा बसोबास गरिरहेका उनीविरुद्ध काठमाडौंको नयाँ बानेश्वर प्रहरी वृत्तमा उजुरी दर्ता भएको थियो। पीडित बालिका हाल कक्षा १० मा अध्ययनरत रहेको र उनले साहसी कदम उठाउँदै उजुरी दिएपछि मात्र घटनाबारे सार्वजनिक भएको हो।

    पीडितको परिवारले विद्यालय प्रशासनले मेलमिलाप गर्न दबाब र उजुरी फिर्ता गराउन दवाव दिएको पीडितको गुनासो छ । ‘स्कुलले हाम्रो छोरीलाई रेष्टिकेट गर्ने धम्की दिँदै आएको थियो। अहिले भने स्कूलको इज्जत जोगाउन मेलमिलाप गर भनेर अनुनय९विनय गरिरहेको छ,’ पीडित पक्षले बताए।

    विद्यालय प्रशासनले भने हालसम्म आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। सञ्चालकको नाम प्रहरीले गोप्य राखेको भए पनि सामाजिक सञ्जालमा घटनाप्रति व्यापक आक्रोश देखिएको छ। यस घटनाले निजी विद्यालयहरूमा बालबालिकाको सुरक्षाका विषयमा गम्भीर प्रश्न उठाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार