Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिल गेट्ससँग विनोद चौधरीको भेट


    मंगलबार, बैशाख २३ २०८२
    820
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले विश्वविख्यात धनाढ्य एवम् समाजसेवी तथा माइक्रोसफ्टका सह९संस्थापक बिल गेट्ससँग भेटवार्ता गरेका छन् ।

    सिङ्गापुरमा आयोजित फिलान्थ्रपी एशिया एलायन्स- २०२५ (पिएए-२०२५) को अवसरमा आज (मंगलबार) भएको भेटका क्रममा दुबैबीच नेपालको स्वास्थ्य सेवा र रोजगारी क्षेत्रका प्रमुख चुनौतीहरूबारे गम्भीर छलफल भएको स्रोतले जनाएको छ ।

    उक्त भेटमा विनोद चौधरीले सन् २०७२ को विनाशकारी भूकम्पदेखि कोभिड–१९ महामारीसम्म र बाल पोषणको क्षेत्रमा ‘बलियो नेपाल’ अभियानमार्फत गरिएको साझेदारीका लागि गेट्स फाउन्डेसनप्रति आभार प्रकट गरे ।

    उनले नेपालको सामाजिक क्षेत्रमा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको दशकौँदेखिको सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको जानकारी दिए ।

    सांसद चौधरीले सोसियल मेडियामार्फत बिल गेट्स सँगको साइडलाइन मिटिङको तस्बिर पोस्ट गर्दै उक्त जानकारी दिएका हुन् ।

    छलफलमा गेट्स फाउन्डेसनले विश्वका अन्य मुलुकहरूमा सफलतापूर्वक सञ्चालन गरेका स्वास्थ्य र रोजगारी सम्बन्धी कार्यक्रमहरू नेपालमा पनि सञ्चालन गर्न र त्यसलाई सन्दर्भअनुसार विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार