मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी जेठमा मनाइने गणतन्त्र दिवस–२०८२ भव्य रूपमा मनाउन निर्देशन दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले आगामी जेठ १४, १५ र १६ गते भव्य रूपमा दिवस मनाउने निर्णय गर्दै नागरिकहरूको सहभागितामा प्राप्त गणतन्त्रका उपलब्धिबारे जानकारी गराउनुपर्ने बताए।
मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र उपलब्धिका सम्बन्धमा अन्तरक्रिया र कार्यक्रम आयोजना गर्न निर्देशन दिए । प्रदेश सरकारले आगामी गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री कार्कीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ ।
जेठ १४ गते प्रदेशका मन्त्रीहरूको नेतृत्वमा मन्त्रालय, स्थानीय तहका प्रमुखको नेतृत्वमा पालिका, कार्यालय प्रमुखको नेतृत्वमा कार्यालय भवन, परिसर सार्वजनिकस्थल सरसफाइ गर्ने, सर्वसाधारण नागरिकहरूले आ–आफ्नो घरआँगन सरसफाइ गर्ने, लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र उपलब्धि विषयक कार्यपत्र, अन्तरक्रिया, पत्रकार सम्मान तथा निबन्ध प्रतियोगिता गरी पुरस्कार वितरण गर्ने, साँझ दीपावली गर्ने जनाएको छ ।
त्यसैगरी, जेठ १५ गते मूल समारोह समितिका अध्यक्ष तथा सदस्यहरू, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू, नेपाल, प्रदेश सरकार, स्थानीय कर्मचारीहरू ब्यान्डबाजासहित सुरक्षा निकायका कर्मचारीहरू, विभिन्न संघसंस्थाले रोडशेष चोकमा भेला भई प्रभातफेरी गरी महेन्द्र चोकमा आयोजित समारोहमा सहभागी भइ साँझ घरमा दीपावली गर्ने कार्यसूची बनाएको छ ।
जेठ १६ गते अस्पतालका बिरामीहरूलाई फलफूल वितरण, मानव सेवा आश्रमका वृद्धवृद्धाहरुलाई फलफूल वितरण गर्ने र साँझ दीपावली गर्ने निर्णय गरिएको छ । जिल्ला समन्वय समितिका अध्यक्ष सबै जिल्लामा, स्थानीय तहका प्रमुखको अध्यक्षतामा सबै स्थानीय तहमा गणतन्त्र दिवस भव्य रूपमा मनाउन पत्राचार गर्ने निर्णय गरिएको छ ।
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend