काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनै उत्साह, रौनक र उद्देश्य नभएको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले आफूले विगत १२ वर्षदेखि नीति तथा कार्यक्रम सुन्दै आएको बताए । ‘यो मैले १२ वर्षदेखि चाल लिएर सुन्दै आएको कुरा हो । जो कर्मकाण्डमै सीमित छ,’ उनले भने ।
‘आफ्नो शक्ति नै थाहा नपाएको जस्तो महसुस हुन्छ,’ वाग्लेले भने, ‘कुनै उत्साह छैन। कुनै रौनक छैन। विराट उद्देश्य हुनुपर्ने हो। ठूलो संकट हुँदा, आर्थिक प्रलय हुँदा गरिने प्रयोगको नतिजा के छरु लगभग शून्य।’
अहिलेको सरकार निर्माण हुँदा गरिएको ७ बुँदे सहमतिमा भ्रष्टाचार नियन्त्रण गर्ने कुरा राखिएको भए पनि त्यो अहिले मजाक जस्तै भइरहेको उल्लेख गरे। ‘७ बुँदेमा भनिएको थियो, हामी भ्रष्टाचार गर्दैनौँ, सुशासन दिन्छौँ,’ वाग्लेले भने, ‘त्यो एउटा मजाक भइसकेको छ। आजकाल टेलिभिजन कार्यक्रममा कमेडी चलेनन् भने एउटा मन्त्रीलाई लगेर त्यहाँ बाचन गर्न लगाए हुन्छ। त्यही प्रयाप्त हुन्छ।’
संविधान संशोधनको कुरा गरिएको भए पनि त्यसमा कुनै काम नभएको वाग्लेको आरोप छ। ‘संविधान संशोधनको एउटा पनि बुँदा प्रस्तावित छैन,’ उनले भने, ‘१०, ११ महिना भइसक्यो।’
दुई तिहाइ सरकारको लय, चरित्र र सामथ्र्य यस्तै हुन्छ भन्दै वाग्लेको प्रश्न छ,‘दुई तिहाइ सरकारको लय, चरित्र, सामर्थ्य, यो ऐतिहासिकता यस्तै नै हो तरु यसले न्याय गरेको छ जस्तो तपाईंहरुलाई लाग्छरु’
उनले थपे, ‘अनौपचारिकरुपमा बुझ्दा सत्तारुढ दलमै ठूलो निराशा भएको मैले पाएको छु।’
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend