Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एक सातादेखि लुक्लाको हवाई उडान प्रभावित


    मंगलबार, बैशाख २३ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सोलुखुम्बुको लुक्लाका लागि आज बिहानैदेखि कुनै पनि उडान हुन सकेको छैनन् । मौसममा खराबीका कारण लुक्लाको हवाई उडान ठप्प भएको हो ।

    काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आज एउटा पनि उडान भएको छैन । बिहान ६ बजेदेखि नै उडानको तालिका रहे पनि हालसम्म उडान हुन नसकेको हो ।

    समिट, सिता र तारा एयरको बिहान ६ बजे लुक्ला विमानस्थलमा उडान भर्ने तालिका रहेको थियो । त्यसयता बुद्ध, यति र श्री एयरलाइन्सका तालिका अनुसार कुनै उडान हुन सकेको छैन । मोसम खराबीको कारण यी सबै उडान ‘डिले’ तालिकामा राखिएको छ ।

    मौसम खराब भएका कारण आइतबार उडान हुने सम्भावना नरहेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार