काठमाडौं । इण्डियन आइडल पवनदीप राजन कार दुर्घटनामा गम्भीर घाइते भएका छन् । उत्तर प्रदेशको अमरोहामा उनी सवार कार दुर्घटना भएको हो । भारतीय सञ्चार माध्यमका अनुसार हाल उनको उपचार नोयडाको फोर्टिस अस्पतालमा भइरहेको छ र उनको अवस्था स्थिर छ ।
सोमबार उत्तराखण्डबाट दिल्ली जाँदै गर्दा पवनदीप र उनका दुई साथी सवार कार अनियन्त्रित भएर सडक किनारमा रहेको अर्को सवारी साधनमा ठोक्किएको थियो । पवनसँगै उनका दुई साथीहरु पनि घाइते छन् । उत्तरप्रदेशमा प्रारम्भिक उपचारपछि उनीहरु तिनै जनालाई उपचारका लागि दिल्ली लगिएको थियो ।
उत्तराखण्डको चम्पावत जिल्लाका पवनदीप राजनले इण्डियन आइडल सिजन १२ को उपाधि जितेका थिए । केही वर्षअघि उनले काठमाडौंमा पनि सांगीतिक प्रस्तुति दिएका थिए । पवनदीपका बुवा सुरेश राजनले पत्रकारहरुलाई दिएको जानकारी अनुसार उनी आमालाई उत्तराखण्डस्थित घरमा छाडेर दिल्ली फर्किंदै गर्दा दुर्घटनामा परेका हुन् । उनका साथमा उनको ड्राइभर राहुल सिंह र साथी अजय मेहरा थिए ।
राजन ड्राइभरको छेउँको सिटमा बसेका थिए भने उनका साथी अजय पछाडिको सिटमा थिए । गाडी चलाउने बेला ड्राइभर निदाएकाले कार अनियन्त्रित हुँदै अर्को गाडीमा ठोक्किएको थियो । दुर्घटनाका कारण पवनदीपका हात र खुट्टा फ्याक्चर भएको उनका बुवाले बताएका छन् । पवनदीपलाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend