Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • माओवादीतिर लागेर कांग्रेसलाई धोका दिए प्रधानमन्त्री ओली सत्तामा पुग्ने यो अन्तिम पटक हुनेछ: मोहन बस्नेत


    मंगलबार, बैशाख २३ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीतिर लागेर कांग्रेसलाई धोका दिएको खण्डमा उनको सत्तामा पुग्ने यो अन्तिम पटक हुने बताएका छन् ।

    आज (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री ओलीले माओवादीसँग संवाद अगाडि बढाएर कांग्रेससँग अधिकतम् बार्गेनिङ गरिरहेको टिप्पणी समेत गरेका छन् ।

    ‘यो प्रधानमन्त्रीजीको सबै नाटकहरु । सकेसम्म अधिकतम बार्गेनिङ गरेर आफूले भनेअनुसार सत्ता सञ्चालन गर्ने विषयमा उहाँको रणनीति हुनसक्छ । कम्युनिष्टहरु कतिखेर मिल्छन्, कतिखेर फुट्छन् रु कतिखेर अङ्कमाल गर्छन् रु यो नेपाली इतिहासमा देखिएकै कुरा हो,’– उनले भने ।

    उनले अहिले कांग्रेस–एमाले गठबन्धन टुट्ने सम्भावना नरहेको बताए । माओवादी केन्द्रको तर्फबाट पटक–पटक हामी विना शर्त सरकार बनाउन सहयोग गर्छौं भन्दा पनि शेरबहादुर देउवाले बेइमानी नगर्ने जवाफ दिएको उनले बताए । मुलुकको राजनीतिक स्थिरता र विकासको लागि कांग्रेस–एमालेको सरकार बनेको उनको दाबी छ ।

    ‘प्रचण्डजीको पक्षबाट त धेरै पहिलादेखि कांग्रेसलाई हारगुहार गरेर विना शर्त प्रधानमन्त्री बनाउन हामी तयार छौं, हामी आवश्यक बहुमत पुर्याएर बुझाउन जान्छौं भनेकै हो नि । तै पनि हाम्रो पार्टीको नेताले हामी बेइमान गर्दैनौं भन्नुभएको हो,’– उनले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार