Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उदयपुरमा बाख्रा चराउन गएका बालकको चट्याङ लागेर मृत्यु


    मंगलबार, बैशाख २३ २०८२
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • उदयपुर । कटारी नगरपालिकामा चट्याङ लागेर बालकको मृत्यु भएको छ । कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिए ।

    सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए ।

    ‘साँझ बाख्रा आए पनि छोरा नआएपछि बुबा मानबहादुर खोज्न गएका रहेछन् । खोज्न जाँदा वनमै चट्याङ लागेर ढलेको अवस्थामा भेटिएछन्,’ वडाध्यक्ष तामाङले भने ।

    इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईँले घटनाबारे थप अनुसन्धान हुने जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार