Nepal Face
  • आइतबार, १० साउन २०८३
  • न्याय पाउन नसकेको गुनासो


    शनिबार, माघ ३ २०७७
    800
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । सशस्त्र द्वन्द्वकालका हत्या गरिएका लमजुङ दुराडाँडाका शिक्षक मुक्तिनाथ अधिकारीका परिवारले हत्या भएको १९ वर्षसम्म पनि न्याय पाउन नसकेको गुनासो गरेका छन् । 

    शिक्षक स्व मुक्तिनाथ अधिकारीको १९औँ स्मृति दिवसका अवसरमा आज एम्नेष्टी इन्टरनेशलन र मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठानले आज सशस्त्र द्वन्द्वकालका गम्भीर मानवअधिकार उलङ्घनका पीडितलाई सरकारले न्याय दिलाउन जवाफदेहिता नदेखाएको भन्दै खबरदारी गरेको हो ।

    कार्यक्रममा स्व अधिकारीका छोरा सुमन अधिकारीले राज्यका सबै निकाय, राजनीतिक दल, आयोग सबै ठाउँमा पुगिसक्दा पनि आफूहरुले न्याय पाउन नसकेको बताउनुभयो । राज्यले पीडितको पीडामाथि फुटबल खेल्ने काम गरेको उहाँको भनाइ थियो । 

    सशस्त्र द्वन्द्वकालमा गम्भीर मानवअधिकार उल्लङ्घनका पीडितलाई न्याय दिन तथा पीडकलाई कारबाही गर्न भनी सत्य निरुपण र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएको भए पनि आयोगले न्याय दिन नसकेको उहाँको गुनासो छ । पाणिनी संस्कृत विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका अधिकारीको विसं २०५८ माघ ३ गते आजकै दिन हत्या गरिएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार