Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संघीय संसद्को दुवै बैठक बस्दै: नीति तथा कार्यक्रममाथि सांसदहरूले भनाइ राख्ने


    मंगलबार, बैशाख २३ २०८२
    730
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संघीय संसद्को दुवै बैठक बस्दै छन् । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराह्न १२:१५ बजे बस्ने छ ।

    सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि ती दुवै सदनमा छलफल जारी छ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि केन्द्रित रही सांसदहरूले आ आफ्नो भनाइ राख्ने कार्यसूची छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।

    सोमबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रिय सभामा गत आइतबारदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भैसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार