Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फेवातालामा हावाहुरीले बोटिङ गर्ने फसे, ८ जनाको उद्धार


    सोमबार, बैशाख २२ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । पोखराको फेवातालमा अचानक आएको हावाहुरीका कारण बोटिङ गर्नेहरू फसेका छन्। सशस्त्र प्रहरीले तालमा फसेकाहरूको उद्धार गरिरहेको छ।

    बोटिङ गर्ने क्रममा डुबेका चितवनको भरतपुर महानगरपालिका–५ बस्ने वर्ष २१ को रेशम थापा र विजय सुनारलाईसशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोर सहितको बिपद् उद्धार टोलीले सकुशल उद्धार गरेको छ।

    डुंगामै सवार अन्य ६ जनाको पनि उद्धार गरिएको सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनका प्रमुख एसपी सूर्य तिमिल्सिनाले बताए । तालमन्दिर दर्शन गर्न गएका दर्शनाथीलाई पनि ल्याइएको उनले जानकारी दिए ।

    तालमा फसेका अन्यको उद्धार जारी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार