काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा द्वन्द्वपीडितको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् ।
सोमबार बिहान बूढानीलकण्ठस्थित निवासमा द्वन्द्वपीडित प्रतिनिधिहरूसँगको भेटमा देउवाले आयोगको सिफारिस प्रक्रियामा पीडितको सहभागिता नदेखिएकोप्रति चिन्ता व्यक्त गरेका हुन् । उनले पीडितको प्रतिनिधित्व गराउने जिम्मा आफूले लिने बताउँदै दुई जनाको नाम दिनु आग्रह गरेका हुन् ।
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी सिफारिसका लागि गठन गरिएको सिफारिस समितिले हालै ३४ जनाको संक्षिप्त नामावली सार्वजनिक गरेको थियो । तर, ती सूचीमा पीडित समुदायको प्रतिनिधित्व नभएको भन्दै विभिन्न पीडित संस्थाहरूले आपत्ति जनाउँदै आएका छन् ।
देउवासँगको भेटमा सहभागी द्वन्द्वपीडित नेतृ देवी खड्काले सिफारिस समितिले पीडितसँग परामर्श नगरी सूची बनाएको गल्ती स्वीकार गर्दै देउवाले पीडितको प्रतिनिधित्व गराउने स्पष्ट प्रतिबद्धता जनाएको जानकारी गराएकी हुन् । खड्कासँगै डा। राम भण्डारी, मैना कार्की, सुमन अधिकारी, गीता रसाइली, गोपालबहादुर शाह र फणिन्द्र लुइँटेल लगायतका प्रतिनिधिहरूले देउवालाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
यसअघि, आइतबार द्वन्द्वपीडित प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत ध्यानाकर्षण पत्र बुझाउँदै आयोगको सिफारिस प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन माग गरेका थिए । यसैबीच, आज दिउँसो ३ बजे द्वन्द्वपीडित प्रतिनिधिहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटारमा भेट गर्ने कार्यक्रम रहेको छ ।
द्वन्द्वपीडितको स्पष्ट आवाज र उनीहरूको सहभागिता विना सङ्क्रमणकालीन न्यायको प्रक्रिया विश्वसनीय बन्न नसक्ने भन्दै सरोकारवाला पक्षहरूले निष्पक्ष, पारदर्शी र पीडितमैत्री प्रक्रिया अघि बढाउन सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend