Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीको कदम राजनीतिक स्थिरतासँग मेल खादैन : नेता सिंह


    शनिबार, माघ ३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडाैँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुुलुकका ७५३ वटै पालिकामा आज विरोध -याली र सभा गरेको छ । उक्त पार्टीको काठमाडाैँ महानगर समितिद्वारा यहाँ आयोजित विरोध -याली शान्तिबाटीकाबाट शुरु भई शहरको विभिन्न भागको परिक्रमा गरी बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो ।

    सभामा पार्टी नेता प्रकाशमान सिंहले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरी प्रधानमन्त्रीबाट भएको प्रतिनिधिसभा भङ्गको घटना सविधान र लोकतन्त्र विपरित भएको आरोप लगाउनुभयो । पूूर्वउपप्रधानमन्त्री सिंहले भन्नुुभयो, “प्रधानमन्त्रीको कदम लोकतन्त्र र गणतन्त्रको स्थायित्वको विपरितमा छ, न्यायपालिका, कार्यापालिका र व्यवस्थापिकाबीच शक्ति सन्तुलन हुनुपर्छ भन्ने लोकतान्त्रिक मूल्य मान्यतासँग मेल खाँदैन ।”

    न्यायपालिकाबाट उत्पन्न विवादका सम्वन्धमा कसैलाई अन्याय हुने गरी निर्णय आउँदैन भन्नेमा आफूू विश्वस्त रहेको बताउदै नेता सिंहले भन्नुभयो, “हल्ला त अनेकाँै चलेका छन्, न्यायमूर्तिले देशको भविष्यलाई स्थिरतामा लैजाने सोचेर निर्णयमा पुग्नुहुनेछ , विश्वास गरौँ न्यायालयबाट सही व्याख्या आउनेछ।” राजनीतिलाई सही मार्गमा हिडाउन सकियो भने मात्र स्थिरता र विकास सम्भव छ भन्दै उहाँले बाटोबाहिर गएको संविधानलाई सही मार्गमा ल्याएर राष्ट्रिय राजनीतिलाई स्थिरताको बाटोमा हिडाउन नेपाली कांग्रेसले निरन्तर लागि रहने दृढता व्यक्त गर्नुभयो ।

    सो अवसरमा काठमाडौं उपमहानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, प्रदेशसभा सदस्य नरोत्तम वैद्यलगायतले प्रतिनिधिसभा विघटनपछि उत्पन्न विवादको निरुपण भनेको संसद्को पुनःस्थापना एकमात्रै बाटो भएको धारणा व्यक्त गर्नुभयो ।

    यसैबीच, प्रतिनिधिसभा विघटनको विरोध र पुुनःस्थापनाका लागि माग गर्दै वरिष्ट चिकित्सक डा गोविन्द केसी, पत्रकार नारायण वाग्ले, अधिवक्ता ओम अर्याललगायत नागरिक समाजका अगुुवाले माइतीघर मण्डलामा आज विरोध प्रदर्शन गर्नुभयो । सवैधानिक सर्वोच्चता र न्यायिक सुुशासन कायम गरियोस्जस्ता नारा लेखिएको प्लेकार्ड लिएर एक घन्टा उभिएर प्रदर्शन गरेपछि डा केसी र पत्रकार वाग्ले जनताको सेवाका लागि गठित सरकारबाट नै संविधानको गलत व्याख्या र प्रयोग भएकाले न्यायालयबाट संविधानको संरक्षण र सही व्याख्या होस् भन्ने अपेक्षा गरिएको बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार