काठमाडौ । ललितपुरमा चालकले मादक पदार्थ खाएर चलाएको कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
ललितपुरको हात्तीवन ओरालोमा गएराति तीव्र गतिको कार बिजुलीको पोलमा ठोक्किँदा तीन जना घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए। गएराति सवा ११ बजेतिर हात्तीवनबाट सातदोबाटोतर्फ आउँदै गरेको बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोकिँदा दुर्घटना भएको एसपी जोशीले बताए ।
‘दुर्घटनामा म्याग्दी घर भई हाल गोदावरी नगरपालिका- ३ बस्दै आएका ४० वर्षीय अमरध्वज पौडेल र २९ वर्षीय मोसेर लामिछाने पनि घाइते भएका छन्। उनीहरुको पनि पाटन अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था भने खतरामुक्त रहेको एसपी जोशीले बताए।
दुर्घटनामा परेको कारका चालक काठमाडौँ महाँकाल घर भएका रूपक सापकोटालाई प्रहरीले पक्राउ गरेको छ। उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ। एसपी जोशीका अनुसार सापकोटाले मादक पदार्थ खाएर तीव्र गतिमा चलाउँदा कार दुर्घटना भएको हो।
कारको ठक्करबाट बिजुलीको पोल नै भाँचिएको छ। भाँचिएको पोल र तार सडकमा लत्रिएको कारण त्यो क्षेत्रमा सडक नै अवरुद्ध भएको प्रहरीले जनाएको छ।
काठमाडौँ । तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा आवतजावतमा पर्न सक्ने समस्या कम गर्न सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा निस्शुल्क...
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटिका पर्व मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend