Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • करेन्ट लागेर युवकको मृत्यु, आफन्तले गरे कर्णाली राजमार्ग अवरुद्ध


    सोमबार, बैशाख २२ २०८२
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दैलेखको आठबिस नगरपालिकास्थित राकम कर्णालीमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २९ वर्षीय नगेन्द्र बहादुर माझी रहेका छन् ।

    विद्युत् कार्यालयको लापरबाहीका कारण करेन्ट लागेर मृत्यु भएको भन्दै सोमबार मृतकका आफन्त तथा स्थानीयले कर्णाली राजमार्ग अवरुद्ध गरेका छन् ।

    मृतकका आफन्तहरूले राजमार्ग अवरुद्ध गर्दा यातायातका साधनहरू राकममै रोकिएका छन् । पीडित पक्षसँग प्रहरीले छलफल गरिरहेको छ । पीडितहरूले उचित क्षतिपूर्ति नदिएसम्म अवरुद्ध सडक नखुलाउने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार