Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नागढुंगा-नौविसे सडक आज रातिदेखि १० दिन दैनिक ४ घण्टा बन्द हुने, यस्तो छ वैकल्पिक मार्ग


    सोमबार, बैशाख २२ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नागढुंगा–नौविसे सडकखण्डअन्तर्गत नागढुंगा–पिपलामोड सडक आज वैशाख २२ गतेदेखि १० दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ ।

    सडक मर्मतका लागि वैशाख २२ गतेदेखि ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइने नागढुंगा मुग्लिङ सडक योजना ९पूर्वी खण्ड०ले जानकारी दिएको हो । सो अवधिमा काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारी साधनलाई नागढुंगा चेकपोस्टमा रोकिने छ ।

    त्यस्तै, नौविसेबाट काठमाडौंतर्फ आउने हलुका तथा भारी सवारी साधनलाई खत्रीपौवा पुलमा रोकिने छन् । बिरामी बोकेका एम्बुलेन्स, प्रहरीका सवारीसाधन तथा दमकल भने रोकिने छैनन् ।

    सडक योजनका अनुसार अरु यातायातका साधन तथा यात्रुलाई समस्या नहोस् भन्ने ध्येयले वैकल्पिक मार्गको पनि व्यवस्था गरिएको छ । सितापाइला–भीमढुंगा–रामकोट–धार्के सडकमार्गलाई बैकल्पिक माग तोकिएको छ ।

    यस्तै, त्यस समय अवधिमा सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली ९बेत्रावती०–गल्छी सडकमार्गलाई पनि प्रयोग गर्न सकिने छ । रोकिएका सवारी साधनहरुलाई बिहान ३ बजेपछि मात्रै गन्तव्यमा जान दिइने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार