Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • सरकारले यी १० निर्माण कम्पनीलाई सोध्यो स्पष्टीकरण


    सोमबार, बैशाख २२ २०८२
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १० वटा निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।

    कार्यालयले आज सूचना जारी गर्दै समयमै काम सम्पन्न नगर्ने ति निर्माण कम्पनीलाई कालो सूचीमा राख्न नपर्ने कारणसहित ३० दिनभित्र स्पष्टीकरण बुझाउन भनेको हो ।

    सार्वजनिक खरिद ऐन, २०६४ को दफा ६३ को नियम १४१ को उपनियम (४ क) को प्रयोजनार्थ यो सूचना प्रशाशित गरिएको कार्यालयले जनाएको छ ।

    कालोसूचीमा राख्ने प्रयोजनका लागि स्पष्टीकरण सोधिएका १० निर्माण कम्पनीहरुमा श्री बिशाल होम निर्माण सेवा उदयपुरगढी ७ उदयपुर, श्री मष्टा कन्ट्रक्सन एण्ड सप्लायर्स सोरु गाउँपालिका १० मुगु लगायत रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार