Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पछिल्लो २४ घण्टामा २ सय ४० संक्रमित थपिए


    शनिबार, माघ ३ २०७७
    930
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ४० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ५८ जना सक्रिय संक्रमित छन्।

    गत २४ घण्टामा ३ हजार ८ सय ४४ जनाको पिसिआर परीक्षण गर्दा २ सय ४० जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ८ हजार ९ सय ४४ पुगेको छ। 

    शनिबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ। हाल २ सय ३१ जना क्वारेन्टाइनमा छन्। 

    गत २४ घण्टामा ४ सय ७७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको मन्त्रालयले जनाएको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार