रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ४ पुर्व पश्चिम लोकमार्गमा पश्चिम लच्का नजिक बिपरित दिशाबाट आउँदै गरेको कारले मोटरसाईकल लाई ठक्कर दिँदा मोटरसाईकलमा सवार बाबु छोरीको मृत्यु भएको छ।
हेटौडाबाट चन्द्रपुरतर्फ आउदै गरेको बा ६ च ३५२६ नम्बरको कारले निजगढ तर्फ जादै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकल आज बिहान सवा ६ बजे ठक्कर दिएको थियो।
ठक्करबाट मोटरसाईकल चालक गरुडा नगरपालिका–३ मलाहिटोल बस्ने वर्ष ६० को बलिराम सहनिको दाहिने खुट्टा,ढाड र अन्डकोषमा चोट लागेर गम्भिर चोट लागेको थियो। सहनीको स्थानीय हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।
त्यस्तै मोटरसाईकलमा पछाडी सवार मृतक सहनीको छोरी वर्ष ४० कि उर्मिला देवी सहनीको दाहिने हात र ढाडमा गम्भीर चोट लागेको थियो। उर्मिला देवीलाई स्थानिय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि एलएस न्युरो अस्पताल बारा तर्फ पठाएकोमा उपचारको क्रममा बिहान ९ बजे डक्टरले मृत घोषणा गरेको प्रवक्ता रायले जानकारी दिएका छन्।
ठक्कर दिने कार र चालक हेटौडा उप महानगरपालिका १२ बस्ने वर्ष ४३ को कुमार पोख्रेल ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ। घटनास्थल चन्द्रनिगाहपुरबाट ६ किलोमिटर पश्चिममा रहेको छ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend