Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित


    आइतबार, बैशाख २१ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरेको सिफारिस समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।

    उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलको कार्य ब्यस्तताको कारण देखाउँदै अन्तिम समयमा बैठक स्थगित गरिएको हो। यसअघि पनि समितिको बैठक नबसेको र नबोलाएको भन्दै पुर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका थिए ।

    भट्टराइको राजिनामा पछि रिक्त भएको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले नियुक्त गरे पछि समितिको पहिलो बैठक आइतबारका लागि बोलाइएको थियो ।

    तर, अर्थमन्त्री पौडेलको कार्यव्यस्तताले बैठक अन्तिम समयमा आएर पुनः स्थगित भएको हो । गत चैत २५ गते नै नियु्क्त हुनु पर्ने गभर्नर सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमाले बिच सहमति हुन नसक्दा अझै अन्यौलमा परेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार