Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा एसले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र


    शुक्रबार, बैशाख १९ २०८२
    780
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को ७७ वटै जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्।

    केन्द्रीय निर्देशनअनुसार ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ का सन्दर्भमा प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका हुन्।

    पार्टीका प्रदेश र जिल्ला कमिटीले जिल्ला र प्रदेशका समस्या, बस्तुस्थिति, बाटो, बिजुली, उत्पादन, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन, पारदर्शीता, जबाफदेहिता लगायतका विषयहरू ज्ञापन पत्रमा समेटिएको जनाइएको छ।

    केन्द्रीय कमिटीका तर्फबाट पार्टी अध्यक्ष माधव नेपाल नेतृत्वको टोलीले वैशाख १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमै पुगेर ज्ञापन पत्र बुझाएको थियो।

    पालिका र वडा पालिका कमिटीले वैशाख २२ गते ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ। आन्दोलनद्वारा पार्टी निर्माण र मुलुकको समृद्धिका निम्ति पार्टीले गत चैत १ गते पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार