काठमाडौं । ओडिसाको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थी प्रिसा शाहको मृत्युप्रति भारतीय विदेश मन्त्रालयले गहिरो शोक व्यक्त गरेको छ । मन्त्रालयले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै मृतक विद्यार्थीको परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यो दुखद घटनाको जानकारी प्राप्त भएदेखि नै भारतीय विदेश मन्त्रालय ओडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको छ। ओडिसा सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग प्रदान गरिरहेको छ, र प्रहरीले घटनाको गहन अनुसन्धान गरिरहेको छ।’
भारत सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा र हितलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्रालयले भनेको छ,’हामी नेपाली अधिकारीहरू, ओडिसा सरकार र केआईआईटी प्रशासनसँग निरन्तर समन्वयमा छौँ।’
वीरगञ्ज स्थायी घर भएकी १८ वर्षीया प्रिसा शाह किटमा स्नातक प्रथम वर्षमा अध्ययनरत थिइन् । उनको मृत्युको खबर प्राप्त भएलगत्तै भूवनेश्वर प्रहरीका वरिष्ठ अधिकारीहरू र फरेनसिक टोली घटनास्थलमा पुगेका थिए । शवलाई अस्पताल पठाइएको छ, र घटनास्थललाई प्रहरीले सुरक्षित राखेको छ । शाहको बुबा भूवनेश्वर पुगेपछि मात्र पोस्टमार्टम गरिने बताइएको छ ।
यसअघि फागुन २०२४ मा पनि केआईआईटीमा अर्की नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो। उनले एक युवकबाट मानसिक यातना भोगिरहेको भन्दै पटक(पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन्। तर, उजुरीको सुनुवाइ नहुँदा उनले ज्यान गुमाउनुपरेको थियो ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend