Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शाखा अधिकृत विष्टलाई म्याद थप गर्न अदालत लगिँदै


    शुक्रबार, बैशाख १९ २०८२
    770
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सर्वोच्च अदालतको लेटरहेडमा अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई म्याद थप गर्न अदालत लगिँदै छ ।

    रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टलाई म्याद थप गर्न लागिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनलाई अब केहीबेरमा म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत उपस्थित गराइँदै छ ।

    अनधिकृत पत्र लेख्दै रेशमलाई पक्राउ गर्न भन्दै उनी आफैँ गत बुधबार प्रहरी परिसर पुगेका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार पुर्‍याएको थियो । पत्र अनधिकृत भएको खुलेपछि पाँच घण्टामै उनी रिहा भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार