Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनका कार्यक्रम घोषणा


    शुक्रबार, बैशाख १९ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विद्यालय कर्मचारी परिषद्ले नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कर्मचारीहरुका मुद्दा सम्बोधन नगरी शिक्षकले आफ्ना माग मात्रै सुनिश्चित गरेको भन्दै परिषद्ले पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेको हो ।

    परिषद्का अध्यक्ष गंगाराम तिवारीले आन्दोलन वैशाख २१ देखि सञ्चालन हुने जानकारी दिए । २१ गते कक्षा १२ को परीक्षमामा कालोपट्टी बाँधेर काम गर्ने उनको भनाई छ । विद्यालय कर्मचारी, राहत, बाल विकासलगायत कोटाका कर्मचारी शिक्षकलाई नेपाल शिक्षक महाासंघले अलपत्र पारेको परिषद्को आरोप छ ।

    सरकार र शिक्षक महासंघबीच बुधबार राति ९ बुँदे सहमति भएपछि शिक्षकहरु आन्दोलन स्थगित गरेर विद्यालय फर्किएका छन् । शिक्षक महासंघको आह्वानमा गत चैत २० गतेदेखि विद्यालय कर्मचारी तथा शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार