Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राहुघाट जलविद्युत् आयोजना सम्पन्न, १५ दिनभित्र परीक्षण उत्पादन थाल्ने


    बिहिबार, बैशाख १८ २०८२
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ ।

    तुदी पावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले आगामी १५ दिनभित्र परीक्षण उत्पादन सुरु गर्ने जनाएको छ ।

    आयोजनाका आवासीय इन्जिनियर प्रकाश तिमिल्सिनाका अनुसार विद्युतगृहमा उपकरण जडान हुनाका साथै र प्रसारण लाइन पनि तयार भएको छ ।

    आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गर्न १४ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिएको छ ।

    राहुघाट ‘बेसिन’मा निर्माण भएको यो पहिलो जलविद्युत् आयोजना हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार