Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ७८३ किलो गाँजा र ट्रकसहित दुई जना नियन्त्रणमा


    बिहिबार, बैशाख १८ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी बलले सुनसरीबाट ७ सय ८३ किलो गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

    सशस्त्र प्रहरी बलको १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले बुधबार गाँजा सहितको ट्रक र त्यसका चालक तथा सहचालकलाई नियन्त्रणमा लिएको हो ।

    धरान उपमहानगरपालिका–१३ निशाने डाँडास्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रकलाई शंका लागि जाँच गर्दा उक्त परिणामको गाँजा बरामद भएको सशस्त्र प्रहरी बलले जनाएको छ । सो ट्रक खानतलासीको क्रममा ना ७ ख २८१ लेखिएको नम्बर प्लेट फेला परेको थियो ।

    सशस्त्र प्रहरीले ट्रक चालक सुनसरीका ३१ वर्षीय मनोज परियार र सहचालक धनकुटाका १८ वर्षीय आकाश राईलाई समेत नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरुलाई गाँजा र ट्रकसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार