Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शिक्षकसँगको वार्तामा गृहमन्त्री लेखकको इन्ट्री


    बुधबार, बैशाख १७ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकार र आन्दोलनरत शिक्षक महासंघ बिचमा वार्ता जारी रहेको छ।

    हिजो राती अबेरसम्म भएको बार्ता निष्कर्षमा नपुगे पछि आज दिउँसो २ः०० बजेबाट पुनः बार्ता सुरू भएको हो । सो बार्ता शिक्षा, बिज्ञान तथा प्रबृधि मन्त्री रघुजी पन्तको नेतृत्वमा शिक्षा मन्त्रालयमा जारी रहेको छ ।

    वार्ता जारी रहेका बेलामा गृह मन्त्री रमेश लेखक पनि प्रवेश गरेका छन् ।

    नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगे पछि पहिलो चरणमा मन्त्रीपरिषदवाट निर्णय गराउने योजना रहेको छ । दोस्रो चरणमा भने संसदवाट बिधेयक पारित गराउने सर्तमा आज मन्त्रालयमा पुनः बार्ता हुन लागेको हो ।

    यद्दपी, बार्ता जारी रहे पनि काठमाडौं केन्द्रित आन्दोलन भने बिहान ११ः०० बजे देखी नयाँ बानेश्वर(माइतीघर खण्डमा जारी राखेको अध्यक्ष लक्ष्मीकिशोर सुबेदीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार