Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एक सहिद, एक रोजगार कार्यक्रम सञ्चालन गर्ने प्रचण्डको प्रतिबद्धता


    बुधबार, बैशाख १७ २०८२
    935
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    पार्टीको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई(मधेस जागरण अभियानका लागि पुनर्वास नगरपालिकाको मातियाबस्ती पुगेका अध्यक्ष दाहालले आज सहिद परिवार सम्मान कार्यक्रममा ‘एक सहिद, एक रोजगार कार्यक्रम’ सञ्चालन गरिने बताए ।

    अध्यक्ष दाहालले सहिद, बेपत्ता योद्धा परिवारप्रतिको जिम्मेवारी र कर्तव्य पूरा गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध भएर लाग्ने बताए । सहिदले देखाएको सत्मार्गमा लाग्ने प्रण गर्दै उनले सहिद परिवारका सदस्यलाई पार्टीले उच्च स्थानमा राखेको बताए ।

    जनताको बलिदानबाट गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको चर्चा गदै अध्यक्ष दाहालले गणतन्त्रको विकल्प अर्को शासन व्यवस्था हुन सक्दैन भने। त्यस अवसरमा उनले सहिद परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

    यसैबीच, बेलौरी नगरपालिकाको रामपुरस्थित खानेपानी आयोजनाको अध्यक्ष दाहालले उद्घाटन गरेका छन् । सोही नगरपालिकाको पर्यटकीय क्षेत्र शोभातालको पनि उनले अवलोकन गरेका छन् ।

    आजै अध्यक्ष दाहालले पुनर्वास नगरपालिका(५ शोभाताल प्रांगणमा सहिद तथा बेपत्ता परिवारका सदस्यहरूसँग भेट गरे । भेटमा उनले सहिदहरूको बलिदानलाई खेर जान नदिने र न्याय, सम्मान र समानताको मार्गमा अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार