Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भाजपा नेता विजय चौथाईवाले काठमाडौं आइपुगे


    बुधबार, बैशाख १७ २०८२
    690
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले काठमाडौं आइपुगेका छन् । तीन दिने नेपाल भ्रमणका लागि उनी आज बिहानै काठमाडौं आइपुगेका हुन् ।

    तीन दिनको बसाइँमा विजयले प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता गठबन्धनका प्रमुख नेताहरू, प्रतिपक्षी दलका नेताहरू, मधेशी मोर्चाका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

    नेपालका सबै राजनीतिक दलहरूसँग सम्बन्ध अझ प्रगाढ बनाउन उनको भ्रमणको प्रमुख उद्देश्य रहेको जनाइएको छ । विजय शुक्रवार भारत फर्किनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार