Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकार संसद र जनताप्रति जवाफदेही नभएको माओवादी केन्द्रको आरोप


    मंगलबार, बैशाख १६ २०८२
    795
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकार संसद् र जनताप्रति जवाफदेही नभएको आरोप लगाएका छन् ।

    मंगलबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै पाण्डेले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न सरकार तयार नभएको बताए ।

    ‘शिक्षकहरू सडकमा छन्, त्यसकारण अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्ताव छलफल गरौँ भनेर हामीले हिजोदेखि हाम्रो नियमावलीको व्यवस्था अनुसार अनुरोध गर्‍यौं, आज पनि हामीले अनुरोध गर्‍यौं,’ उनले भने, ‘हामीले त्यसमा सबै प्रतिपक्षीको तर्फबाट उठेर त्यो माग पनि गर्‍यौं, कुरा पनि राख्यौँ । तर सरकार सुन्दै सुन्दैन ।’

    नेता पाण्डले दिनदिनै संसद्को कार्यसूचीबाट उक्त प्रस्ताव हटाइएको भन्दै यसरी संसद् प्रभावकारी नहुने निष्कर्ष सुनाए ।

    सभामुखले महत्वपूर्ण विषय संसदको कार्यसूचीबाट हटाएको उनको आरोप छ । पाण्डेले सरकारको गैरजिम्मेवारपनप्रति आ–आफ्नो ठाउँबाट आवाज उठाउन अभिभावक, विद्यार्थी र नागरिकलाई आग्रह पनि गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार