काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सीप र क्षमता भए जुनसुकै डाँडामा बसेरै पनि महिनाको दुई तीन लाख कमाउन सकिने बताएका छन् ।
विपन्न वर्गको उत्थान र विकाससम्बन्धी काँग्रेसको नीतिगत सुझाव प्रतिवेदन सभापति देउवालाई बुझाउने कार्यक्रमलाई सम्बोधन गर्दै कीर्तिपुरको डाँडाबारे आफ्नो भाइरल भएको अभिव्यक्तिलाई सम्झँदै कीर्तिपुर मात्रै भनइ जुनसुकै डाँडामा बसेर महिनाको २-३ लाख कमाउन सम्भव भएको बताए ।
उनले भने, ‘मैले कीर्तिपुरको डाँडा भनेपछि तपाईँ सबैलाई त्यही प्रसंग याद आउँछ । एउटा डाँडामा बसेर दुई तीन लाख कमाउन सकिन्छ भनेर मैले भनेँ । कतिलाई रमाइलो कुरा भयो । तर त्यो ड्रिम हो । सम्भव छ । एउटा व्यक्तिलाई सीप र क्षमता दियो भने त्यो सम्भव छ । अब हामी नलेज इकोनोमीमा छिरेका छौँ । अहिले चाइनामा जन्मिएको एउटा केटाले डिपसिक बनाएर च्याट जिपीटीसँग कम्पिटीसन गर्छु भन्ने ठाउँमा पुगेको अवस्था छ ।’
उनले विपन्न लक्षित कार्यक्रम पनि सीपसँग जोडिएको हुनुपर्ने बताए । उनले थपे, ‘सीप खाली खोस्रिने र कतार मलेसियामा गएर डुगोको गाह्रो लगाउने मात्रै होइन । त्यो सीप सूचना प्रविधिले ल्याएको अवसरलाई प्रयोग गर्ने सीप हामीले विपन्न परिवारको मान्छेलाई उपलब्ध गराउन सक्नुपर्छ ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend