Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित


    मंगलबार, बैशाख १६ २०८२
    910
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । भन्सार विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।

    मंगलबार प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले पारित गरेको हो ।

    यो विधेयक अघिल्लो सरकारले ल्याएको थियो । तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले १८ असोज २०८० मा प्रतिनिधि सभामा दर्ता गरेका थिए ।

    १८ चैत २०८० मा दफावार छलफलका लागि प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा पुगेको थियो । अर्थ समितिबाट पारित भएर १४ वैशाख २०८१ मा सभामा गएको थियो । मंगलबार सभाले पारित गरेको हो ।

    अब यो विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधि सभामा आउँछ । सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रूपमा कार्यान्वयनमा आउनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार