Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शिक्षक र सरकारबीच वार्ता निष्कर्षविहिन, आन्दोलन आज पनि जारी रहने


    मंगलबार, बैशाख १६ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकार बिचको बार्ता अझै सफल हुन सकेको छैन । सोमवार राती अबेरसम्म भएको वार्ता निष्कर्षविहिन भए पछि शिक्षक महासंघले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका हुन् ।

    ‘आज शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल चल्यो तर निष्कर्षमा पुग्न सकिएन, हामी भर्खरै मन्त्रालयबाट बाहिर आयौ, हाम्रो आन्दोलन जारी छ,’ अध्यक्ष लक्ष्मी किशोर सुबेदीले राती नै भनेका थिए ।

    आज बिहान उनले आन्दोलनमा सहभागी हुनका लागि पहिला झै माइतीघर मण्डलामा आउन अनुरोध गरेका छन् । ‘हाम्रो आन्दोलन जारी छ, आज पनि ठिक ११ः ०० बजे माइतीघर मण्डला आउनुहोला’ उनले भनेका छन्, ‘राज्य दिन चाहँदैन्, आन्दोलन बिना केही पाईदैन् । त्यसैले आन्दोलन बलियो गराऔ।’

    गत चैत २० गते देखी जारी आन्दोलन आज २७ औं दिन पुगेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार