Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकार बस्नलाई मात्र बनेको होइन, रिजल्ट चाहिन्छ: गगन थापा


    सोमबार, बैशाख १५ २०८२
    790
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले परिणाम दिने गरी काम गर्नुपर्ने बताएका छन् ।

    कांग्रेसको उद्योग तथा व्यापार विभागले आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले सरकारमा बसेर मात्र नहुने भन्दै परिणाम दिनेगरी काम गर्नुपर्ने बताएका हुन् ।

    ‘सरकार भनेपछि बस्नका लागि मात्रै बनेको होइन । सरकारले काम गर्नुपर्छ, परिणाम दिनुपर्छ,’ उनले भने, ‘रिजल्ट चाहिन्छ । हामी त रिजल्टमा काम गर्न चाहन्छौं ।’

    अहिले एमालेसहित दलहरूसँग कांग्रेस पनि सरकारमा रहेको उल्लेख गर्दै महामन्त्री थापाले यो समीकरणलाई निरन्तरता दिइने पनि बताए ।

    ‘हामी अहिले नेकपा (एमाले) सँग सरकारमा छौं । तलमाथि पार्दैनौं । यसलाई सहज ढंगबाट अघि बढाउँछौं, तर यो समयको हामी सदुपयोग गर्न चाहन्छौं,’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार