Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सामूहिक बलात्कार आरोपी पक्राउ


    बिहिबार, माघ १ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सामूहिक बलात्कार गरेको आरोप लागेका फरार आरोपी पक्राउ परेका छन् । बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बैतडीको पञ्चेश्वर गाउँपालिका-४ का धर्मेन्द्र चन्दलाई पक्राउ गरेको हो । 

    बैतडीको पञ्चेश्वर गाउँपालिकाकी १७ वर्षीया किशोरीलाई बलात्कार गरि फरार रहेका भनिएका चन्दलाई कञ्चनपुर भिमदत्त नगरपालिका ऐटपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) अमरबहादुर थापा क्षेत्रीले बताए । 

    चन्दलाई पक्राउ गरी बैतडी पठाइसकिएको डिएसपी क्षेत्रीले बताए। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक (डिएसपी)  नारायणप्रसाद अधिकारीका अनुसार सामूहिक बलात्कारमा संलग्न पञ्चेश्वर गाउँपालिका-४ का २३ वर्षीय प्रविन चन्दलाई पक्राउ गरिसकेको छ । 

    डिएसपी अधिकारीका अनुसार मंसिर र पुषमा पीडित युवतीमाथि पटक पटक बलात्कार भएको भन्दै उजूरी परेको थियो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार