Nepal Face
  • आइतबार, १० साउन २०८३
  • केएमसी अस्पतालले घाइते शिक्षकहरूको निःशुल्क उपचार गर्ने


    आइतबार, बैशाख १४ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ मेडिकल कलेजले शिक्षक आन्दोलनका क्रममा घाइते शिक्षकहरुको निःशुल्क उपचार गर्ने भएको छ ।

    अस्पताल प्रशासन प्रमुख नारायण प्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण व्यक्तिहरूको निःशुल्क रूपमा उपचार गर्ने बताएका हुन् ।

    सामाजिक उत्तरदायित्व अन्तर्गत घाइतेहरूको निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको विज्ञप्ति उल्लेख छ ।

    शिक्षक आन्दोलनको क्रममा आज २६ औँ दिनमा प्रहरीसँग झडप भएको थियो । झडपका क्रममा ६३ जना शिक्षक तथा कर्मचारीहरू घाइते भएका छन् । घाइतेहरूमध्ये केहीलाई गम्भीर चोट लागेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार