Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पछिल्लो २४ घण्टामा थपिए ४ सय ३ जना कोरोना संक्रमित


    बिहिबार, माघ १ २०७७
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४०३ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ५ हजार ३२ जानको पिसिआर परिक्षणमा ४०३ जनामा संक्रमण देखिएको हो।

    योसँगै हालसम्म २० लाख २ हजार ४२ जनाको पिसिआर गर्दा २ लाख ६६ हजार ५४६ जना व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    आज देशभरबाट ४०५ जना व्यक्ति संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुने व्यक्तिको संख्या २ लाख ६० हजार १७७ पुगेको छ।

    बिहीबार देशभर ६ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुने व्यक्रिको संख्या १ हजार ९४३ पुगेको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४६ जना संक्रमित देखिएका छन्। योसँगै उपत्यका एक लाख २४ हजार ३१९ जनामा संक्रमण देखिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार