Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा कोरोना सङ्क्रमणको कारण एकैदिन १९८ जनाको मृत्यु


    बिहिबार, माघ १ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड पाँच लाख भन्दा बढी पुगेको छ।

    विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ९४६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख १२ हजार ९३ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

    गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १९८ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५१ हजार ७२७ जना पुगेको छ। मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख ४६ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ। हाल भारतमा दुई लाख १३ हजार ६०३ सक्रिय सङ्क्रमित रहेका छन्। 

    भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार ३५७ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र ११ जनाको मृत्यु भएको छ। 

     भारतीय सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिदै आएको छ। भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर १८ करोड ४२ लाख ३२ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ। हिजो बुधबार मात्र एकै दिनमा आठ लाख ४३ हजार १९१ जनाको कोभिड–१९ परीक्षण गरेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार