Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ताप्लेजुङ दुर्घटना छानबिन गर्न ऊर्जामन्त्रीद्वारा समिति गठन


    शुक्रबार, बैशाख १२ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा ८ वैशाखमा पाथीभरा मन्दिर जाँदै गरेको बोलेरो गाडीका चार यात्रुको जलेर मृत्यु भएको थियो ।

    सडकमा हिँडिरहेको जिपले भुइँमा लत्रिएको अवस्थाको करेन्ट प्रवाह भइरहेको तारमा छोएपछि करेन्टसँगै जिपमा आगो लागेको थियो । त्यसक्रममा जलेर पाथीभरा मन्दिर दर्शन गर्न हिँडिरहेका चारजनाको घटनास्थलमै ज्यान गएको थियो ।

    गम्भीर लापरबाहीको कारण चारजनाको ज्यान गएपछि पनि घटनाको छानविन गर्न सरकारले उदासिनता देखाएको भन्दै आलोचना भइरहेका वेला ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले चार सदस्यीय छानविन समिति गठन गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार