Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शिक्षक महासंघले वार्ता टोली बनाओस, सरकार वार्तामा बस्छः शिक्षा मन्त्री


    शुक्रबार, बैशाख १२ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शिक्षा, बिज्ञान तथा प्रवृधि मन्त्री रघुजी पन्तले शिक्षक महासंघले तय गरेको वार्ता टोलीसँग सम्बाद गर्न तयार रहेको जनाएका छन् ।

    शिक्षक महासंघ र सरकार बिच हुने भनिएको वार्ता अन्तिम समयमा भाडिए पछि मन्त्री पन्तले पुनः वार्तामा बस्न आफुहरू तयार रहेको जनाएका हुन् ।

    ‘शिक्षक महासंघले आधिकारिक बार्ता टोली गठन गरेर पठाओस्, सरकार उनीहरूसँग वार्ता गर्न तयार छ,’ मन्त्री पन्तले भने ।

    तर, शिक्षक महासंघले भने आज मन्त्रालयले ‘गेट पास’का लागि पठाएको नामावली आधिकारिक नभएको भन्दै सिंहदरबार प्रवेशद्दारवाबाट फर्किएको थियो । जसका कारण आज हुने भनिएको वार्ता हुन सकेको थिएन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार