Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारसँग वार्ता गर्न गएका शिक्षकहरू मन्त्रालय नै नपसी फर्किए


    शुक्रबार, बैशाख १२ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारसँग  वार्ता गर्न गएका शिक्षकहरू मन्त्रालय नै नपसी फर्किएका छन् ।

    शिक्षामन्त्री रघुजी पन्तले आजै आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि बोलाएका थिए । शिक्षक महासंघको टोली शिक्षामन्त्रीसँग भेट गर्न सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गएको थियो । तर, मन्त्रालय नपुगी टोली फर्किएको हो ।

    ‘२५ सदस्यीय नामावली शिक्षक महासंघ तयार नगरेको ब्यहोरा जानकारी गराउँछौं,’ अध्यक्ष लक्ष्मीकिशोर सुबेदीले भने, ‘आज मिति २०८२ बैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यू सँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौ तर विशेष कारणबश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार