काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले भाटभटेनी लुटपाटमा नेपाली कांग्रेसका सहमहामन्त्रीको छोरा पक्राउ परे पनि तुरुन्तै छाडिएको बताएका छन् ।
चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा तीनकुने-कोटेश्वर क्षेत्रमा प्रदर्शन भएको थियो भने कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटमा लुटपाट भएको थियो ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनले भने, ‘हामीसँग त रेकर्ड छ गृहमन्त्रीज्यू, भाटभटेनीको लुटपाटमा तपाईँकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेको छ । किन तुरुन्तै छोड्नुभयो रु तपाईँको नेताको छोराले रक्सी लिएर गयो । उसले ल्याएको मान्छेले रक्सी खान्न मलाई कपडा काम लाग्छ भनेर कपडा लिएर गयो । पछि भिडिओ हेरेर प्रहरीले पक्रियो । पक्रँदा त नेताको छोरा रहेछ, नेताको छोरालाई छोड्नुभयो ल्याएको मानिस छुटेन। यो कुरा सार्वजनिक गरिदिन्छु भनेपछि दुई घण्टाभित्र तपाईंहरूले छोड्नुभयो, त्यस कारण त्यो सत्य तथ्य सार्वजनिक हुन जरुरी छ।’
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend