Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुरमा जिप पल्टिएर किचिदा स्कुटर चालकको मृत्यु


    शुक्रबार, बैशाख १२ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चितवनको भरतपुरको महानगरपालिका–७ स्थित प्रेमबस्ती चोकमा जिपले किचेर स्कुटर चालकको मृत्यु भएको छ ।

    भरतपुरतर्फ आउँदै रहेको ना ५ च २६४४ नम्बरको जिपले सोही दिशाबाट आउँदै गरेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

    दुर्घटनामा परेर भरतपुर–६ इन्द्रपुरी बस्ने वर्ष ५२ की लक्ष्मी वाग्लेको घटनास्थलमै मृत्यु भएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

    दुर्घटनापछि जिप सडकमै पल्टिएको थियो । पल्टिएको उक्त बोलेरोले स्कुटरमा सवार महिलालाई समेत किचेको थियो ।

    सो क्रममा महिलाको निधन भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार