काठमाडौँ। नेकपा एमालेले देशमा देखिएका समस्याहरू पछिल्लो सरकारको कारण मात्रै नभएको जिकिर गरेको छ ।
पार्टीको तर्फबाट शुक्रबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै सांसद गोकर्ण विष्टले समस्याहरू समाधान गर्ने गरी सरकार अघि बढेको बताए ।
‘देशमा यी उल्लेखित समस्या र चुनौतीभन्दा बाहेक बहुआयामिक खालका समस्या पैदा भइरहेका छन् । केही समस्यामा विश्व अर्थव्यवस्थाका कारण छन् भने केही समस्या आन्तरिक कारण पनि छन्,’ विष्टले भने, ‘यी समस्याहरू केवल ९ महिनाको सरकारको अवधिमा पैदा भएका होइनन् । यी समस्याहरू लामो समयदेखि थुप्रिएका समस्याहरू सामना गर्ने गरी सरकार अघि बढेको छ ।’
तर, चुनौतीका पहाडलाई केवल ९ महिनाको अभ्यास र कार्यान्वयनले परिणाममा पुर्याउन नसक्ने उनले बताए ।
‘तर, चुनौतीका पहाडलाई केवल ९ महिनाको अभ्यास र कार्यान्वयनले परिणाममा पुर्याउने वा सफलता प्राप्त गर्ने कुरा नहुन सक्छ,’ उनले भने, ‘यो कुरा संसद् र आम दाजुभाइ दिदीबहिनीले गम्भीर रूपमा सोच्नुपर्ने अवस्था छ ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend