काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कमजोर राज्यले नागरिकको अधिकार संरक्षण गर्न नसक्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल केन्द्रीय समितिको दोस्रो बैठकलाई शुक्रबार ललितपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले राज्यलाई कमजोर पार्न सुनियोजित प्रचार गरिएको बताए ।
यसले राज्य र नागरिकका बिचमा द्वन्द्व सिर्जना गरेको उनको धारणा छ । ‘लोकतन्त्रलाई राज्यलाई बलियो बनाउने र बलियो राज्यका मध्यमबाट नागरिकलाई बलियो बनाउने कुराको पैरवी गर्नु पर्दछ’, उनले भने ।
आमसञ्चार माध्यमले हरेक घटनालाई राज्य र नागरिकका बिच गहिरो सम्बन्ध कायम गर्ने कोणबाट विश्लेषण गर्नु पर्ने उनको धारणा छ । समाचारले समाजलाई सकारात्मक प्रभाव पार्नु पर्नेमा उनको जोड रहेको छ । नकारात्मक समाचारले समाजलाई गलत दिशातर्फ लैजाने उनको धारणा छ ।
‘नकारात्मक समाचारलाई समाजलाई गलत दिशा तर्फ लैजान्छ, कस्तो समाज निर्माण गर्ने भन्ने सन्दर्भमा सोचेर हामीले समाचार सम्प्रेषण गर्नुपर्दछ’, उनले भने । पत्रकार सधैँ सिर्जनात्मक हुनुपर्ने बताउँदै पोखरेलले त्यसो हुन नसकेमा पत्रकार नसुनिने र नदेखिने पात्र बन्ने बताए । ‘पत्रकार समाजमा देखिने र सुनिने बन्नु पर्दछ, निर्णायक क्षणमा पार्टी र राष्ट्रको पक्षमा आफ्नो सामर्थ्य देखाउनु पर्दछ’, पोखरेलले भने ।
सूचनामा बल हुने बताउँदै उनले यसको लागि बलियो नेटवर्क हुनुपर्ने बताए । पोखरेलले प्रेस चौतारी नेपाललाई बलियो नेटवर्क बनाउन आग्रहसमेत गरेका छन् ।
नेपाल राष्ट्रलाई कमजोर बनाउन बाहिरबाट लगानी गर्नेहरूबाट नेपालमा स्वघोषित विद्वानहरू परिचालित भएका उनले बताए । नेपालमा धेरै बाह्य लगानीबाट हुने रिसर्चहरू प्रायोजित र देशलाई कमजोर बनाउने खालका हुने उनको धारणा रहेको छ । ‘के देखाउने भन्ने कुराको आधारमा रिसर्च हुने गर्दछ, त्यसले हाम्रो समाजलाई विसङ्गति तर्फ लैजान्छ’, उनले भने ।
नेपालका सबै सूचनामा पत्रकारको पहुँच भयो भने कुन चिज प्रायोजित हो र कुन वास्तविक हो भन्ने कुरा सार्वजनिक हुने उनको भनाई छ । उनले पत्रकारलाई आफ्नै सूचनाको जगमा उभिन आग्रहसमेत गरेका छन ।
अहिले एमाले र एमालेको नेतृत्व माथि चौतर्फी घेराबन्दी भएको उनले बताए । त्यो घेराबन्दी एमालेले नराम्रो काम गरेको कारण वा कामको नराम्रो परिणाम आएको कारण नभएको उनको दावी छ । एमालेले विकास र समृद्धि तथा राष्ट्र हितको पक्षमा काम गरेको कारण विकास विरोधीले घेराबन्दी गरेको उनको जिकिर रहेको छ ।
‘यो मुलुकमा विकासको सपना देख्ने, रणनीतिक ठुला विकास परियोजनाको काम गर्ने पार्टी नेकपा एमाले हो’, उनले भने । लोकप्रियवादले समाजलाई दुर्घटनातर्फ लैजाने उनले बताउँदै यसले देशलाई विकास र समृद्धि दिन नसक्ने धारणा रहेको छ । लोकप्रियवाद
समस्याको समाधान नभएको स्पष्ट पार्दै पोखरेलले त्यही कुरा एमालेले भन्दा एमाले विरुद्ध कुण्ठा र आक्रोश पोख्ने काम भइरहेको बताए ।
‘जसले जे अनुचित सपना देखेका थिए, त्यसको बाधक एमाले बनेको छ, त्यसैले एमाले माथि प्रहार भइरहेको छ’, उनले भने । समाजलाई भ्रमबाट मुक्त गराउने र सत्य कुरा प्रवाह गर्ने काम पत्रकारले गर्नु पर्नेमा उनको जोड छ । मानिसमा विकास भएको नकारात्मक भावनालाई चिर्न पत्रकारले भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
सूचना र प्रविधिको गलत प्रयोगले समाजलाई गलत दिशा तर्फ लगेको बताउँदै उनले त्यसबाट देशलाई सही बाटोमा ल्याउने सामर्थ्य नेकपा एमालेले मात्रै राख्ने दाबीसमेत गरेका छन् ।
प्रेस चौतारी नेपाल केन्द्रीय समितिको खुमलटारमा जारी बैठकले २०८२ साललाई संगठनको प्रशिक्षण वर्ष घोषणा गरेको छ । संगठनका अध्यक्ष गणेश पाण्डेको अध्यक्षता जारी बैठकमा नेकपा एमाले जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकाल, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम, निवर्तमान अध्यक्ष गणेश बस्नेत, पूर्व अध्यक्ष राजेन्द्र अर्याल, वरिष्ठ नेता विश्वमणि सुवेदी लगायत सहभागी रहेका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend